खेलकुद

युएईविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान पौडेलले धैर्यपूर्ण खेल खेल्दै अर्धशतक पुरा गरेका हुन् ।

रोहितले ८४ बलमा आफ्नो अर्धशतक पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा रोहितको यो आठौँ अर्धशतक हो । उनी एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन ।

यो समाचार तयार गरुन्जेल नेपालले ३० ओभरमा ४ विकेट गुमाउदै १२१ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *