खेलकुद

नेपाललाई तेस्रो सफलता,टोनी उरा लामिछानेको शिकार

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ ।

सन्दीप लामिछानेले अर्धशतक बनाएका टोनी उरालाई शिकार बनाएका हुन् । यसअघि किप्लिन डोरिगा २६ रन बनाएर रनआउट भएका थिए भने सेस बाउलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए ।

आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजी लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *