शिक्षा / स्वास्थ्य

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

काठमाडौं।नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *