खेलकुद

नेपालले तेस्रो ओभरमा दुई विकेट गुमायो, ज्ञानेन्द्र र रोहित आउट

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले युएईविरुद्ध खेलिरहेको छ ।

दुवई क्रिकेट स्टेडियममा जारी खेलमा युएईले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल र्रोहित पौडेल शुन्यमा आउट भएका छन् । खेलको तेस्रो ओभरमा ज्ञानेन्द्र र रोहितलाई युएईका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २.५ ओभरमा ३ विकेट गुमाउदै १७ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *