काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको युएई र पपुवा न्युगिनीसँगको त्रिकोणीय सिरिजमा आज दोस्रो खेल खेल्दै छ ।
नेपालले यस सिरिज अन्तर्गत आज दोस्रो खेल युएईसँग खेल्ने छ । खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ ।
नेपालले आइसीसी विश्वकप लिग टू अन्तर्गत यस सिरिजमा २७ फेब्रुअरी पपुवा न्युगिनीविरुद्ध खेलिसकेको छ र यस खेलमा नेपालले चार विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा मंगलबार सम्पन्न खेलमा पपुवा न्युगिनीले युएईलाई पराजित गरेको छ ।
नेपालले श्याम ढकाल मौसम घाइते भएपछि उनको ठाउमा सन्दीप लामिछानेलाई टिममा समावेश गरेको छ ।
अब आज मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल हाल आइसीसी विश्वकप लिग टूमा २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ ।
यदि नेपालले लिग-२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ ।
त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अंक छ र पुछारमा रहेको छ भने युएईको २९ खेलमा २९ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
युएईमा यो सिरिज खेल्ने नेपालको टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।




