ताजा समाचार

हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा हङकङले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको हङकङले ४६.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो ।

हङकङका लागि पर्थ भागवतले सर्बाधिक ३६, मोहमद अलियान जाहिरले २९ र अहान त्रिभेदीले ११ रन बनाएका थिए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाली बलर हेमन्त धामीले ३ विकेट लिए भने आकास चन्द र सुबास भण्डारीले २-२ तथा दिपेस कँडेलले एक विकेट लिए ।

१२१ रनको लक्ष्य पाएको नेपालले अब केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *