ताजा समाचार

प्रधानमन्त्रीलाई संसद्‌बाट माधवकाे आग्रह- ‘नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्नुस्’

काठमाडाैँ । एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपालले सबै दलहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रममाथि भएकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे संसद् मुखामुख गर्ने थलाे बन्याे,’ उनले भनेका छन्, ‘याे राम्राे भएन । याे भनेकाे जनताका समस्या मुखरित हुने ठाउँ हाे । हामी यसैगरी नै अघि बढाैँ । आत्मसमीक्षा गराैँ र अघि जाउँ ।’

उनले नीति तथा कार्यक्रममा नचाहिने याेजनाहरू राखेकाे बताएका छन् । यसमा प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई दलहरूसँग यथेष्ट छलफल गर्न सुझावसमेत दिएका छन् । ‘म नेपाल सरकारका प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु । तपाईंलाई यसबारे दलहरूसँग छलफल गर्ने काम गर्नुस् । नागरिक समाजसँग छलफल गर्नुस् । त्यसाे गरियाे भनेचाहिँ सबै ज्ञान र बुद्धि प्राप्त हुन्छ र नीति तथा कार्यक्रम पनि राम्राे बन्छ ।’

उनले देशलाई आत्मनिर्भर बनाउने काम सबै दलहरू मिलेर गर्नुपर्ने बताए । ‘व्यापार घाटा घटाउने काम हामीले कसरी गर्ने हाे अब गर्नुपर्छ । हामीले राम्राे काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ । कृषकहरूलाई कृषिमै प्राेत्साहन गर्नुपर्छ,’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *