ताजा समाचार

यौन दुर्व्यवहारकाे आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी कारबाहीमा

काठमाडौं । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् ।

परिषद्ले उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित युवतीले दुर्व्यवहार भएको भन्दै निवेदन दिएको आधारमा सोधपुछ गर्दा घटना भएको पुष्टि भएपछि झाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको हो ।

झा यसअघि पनि २ महिना निलम्बनमा परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *