ताजा समाचार

काठमाडौंको मेयरमा राप्रपाको बाट मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

काठमाडौं । कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *