काठमाण्डाैं । चिनकाे गेजुवा कम्पनीबाट खाेसेर नेपाल सरकारले नै वुढीगण्डकी जलविधुत परियाेजना वनाउने भएपछि पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले हर्ष प्रकट गरेका छन।
उनले ढिलै भएपनि सरकारकाे वुद्धि पलाएकाे वताएका छन । तर बुढी गण्डकीलाइ जलविधुत परियाेजना मात्र नवाउन उनले सुझाव दिएका छन।उनले यसलाइ वहु उदेश्यीय परियाेजना वनाउन माग गरेका छन।उनले भनेका छन-ढिलै भए पनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निर्णय हुनु सुखद छ।तर हामीले शुरूदेखि भन्दै आएको कुरा बुझ्न किन ढिलो भएको हो बुझिनसक्नु छ।अनि कुन मोडालिटीमा बनाउनेबारे मौनता कहिले तोडिने हो? यो बहुउद्देशीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्रधिकरण मार्फत बनाऊॅ! नत्र गफै रहला !




