ताजा समाचार

सिमकोट गाउँपालिकालाई नगरपालिका बनाउन माग

काठमाडौं । हुम्ला सदरमुकाम रहेकाे सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको हुम्लामा सिमकोट गाउपालिका नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेकाे प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।

पाँच वर्षको कार्यकाल सकिन लाग्दा आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको भएको कारण नगर पालिकाको माग गरेको सिमकोट गाउपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *