ताजा समाचार

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा हुने भएको छ ।

ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति पतिष्ठान भवनमा भोलि शुक्रबार बैठक हुन लागेको हो । समावेशी र सामूहिक नेतृत्वअनुसार नेतृत्व चल्नु पर्ने डा। बाबुराम भट्टराईको मागमाथि छलफल गर्ने गरी जसपाले बैठक बोलाएको हो । नेतृत्व समावेशी र सामूहिक नेतृत्वविपरित चलिरहेको भन्दै डा.भट्टराईले आलोचना गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *