ताजा समाचार

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै, एमसीसी कार्यसूचीमा पर्ला त ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि बिहान साढे ११ बजे बस्नेछ ।

यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ । संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् । तर आजको बैठकमा एमसीसीलाई टेबल गर्ने पक्षमा कांग्रेस रहेको छ । हिजोदेखि घनीभुत छलफलमा रहेको सत्तागठबन्धनमा कुरो नमिे पछि हिजै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *