राजनीति

स्थगित भयो काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शुक्रबार काठमाडौंमा हुने भएको जिल्ला अधिवेशन कार्यक्रम हल नपाएपछि रोकिएको छ ।

राष्ट्रिय सभागृहमा आज शुक्रवार अधिवेशन गर्ने तयारी भए पनि हल भोलि शनिवारसम्म व्यस्त हुने भएपछि काठमाडौं कांग्रेसले अधिवेशन नै स्थगित गरेको छ ।

स्थगित भएको जिल्ला अधिवेशन अब पर्सि आईतवार बिहान उद्घाटन हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भए पनि हल नहुँदा स्थगित भएको बताए । उद्घाटन कार्यक्रम नभए पनि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम भने हुने भएका छन् ।

भोलि शनिवार निर्वाचन समितिको कार्यालयमा मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्तासम्मको प्रक्रिया पूरा गरिने आचार्यले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *