काठमाडौ । झण्डै चार वर्षसम्म रिक्त रहेको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा सचिव पद पुर्ति हुन लागेको छ । यस लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस भएका नामहरुमा पहिलो रेङकिङमा डा.रोशन पोखरेल, दोस्रोमा डा.दीपेन्द्ररमण सिंह तथा तेस्रोमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
नाम सिफारिसका लागि आज बसेको बैठकले स्वास्थ्य सेवा तर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो। आज साँझ बस्ने मन्त्रीपरिषद्को बैठकले तीन जनामध्ये एक जनालाई स्वास्थ्य सेवातर्फको सचिव नियुक्त गर्नेछ। त्यस्तै पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीलाई स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि विज्ञको रुपमा मनोनय गरिएको छ ।
स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ।
मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ।




