ताजा समाचार

बलिउड अभिनेता दिलीप कुमारको निधन

काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो । उनी ९८ वर्षका थिए ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मेका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । उनले करिब पाँच दशकको फिल्मी करियरमा ६५ वटाभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

दिलीप कुमारका चर्चित सिनेमाहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल ए आजमलगायत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *