ताजा समाचार

चीनले अनुदान दिएको १० लाख डोज खोप आज नेपाल आइपुग्ने

काठमाडौं । चीनले दिन लागेको कोभिडविरुद्धको १० लाख डोज अनुदानको खोप आज नेपाल आइपुग्दै छ ।

खोप लिन नेपाल एयरलाइन्सको जहाज साेमबार राति ११ बजे चीन गएकाे थियाे । जहाजले आज दिउँसो साढे २ बजे खोप लिएर फर्कदै छ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सो जानकारी दिएका हुन् । केही दिनअघि चीनको कम्युनिस्ट पार्टीले नेपालका प्रमुख दलका शीर्ष नेतासँग कोभिड रोकथाम र नियन्त्रणबारे भर्चुअल संवाद गरेको थियो ।

सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् । त्यसलगत्तै चीन सरकारले अनुदानको १० लाख डोज खोप सहयोग गर्न लागेको हो । त्यसअघि पनि चीनले भेरोसिल खोप आठ लाख अनुदानमा दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *