ताजा समाचार

पूर्वप्रधानमन्त्री भट्टराई ट्युमरको शल्यक्रिया गर्न वीर अस्पताल भर्ना हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पेटको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा गर्ने भएका छन् ।
त्यसको लागि आजै अस्पताल भर्ना हुने उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईको न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो। उनी नेपालमै अपरेशन गर्न भनेर भारतबाट फर्किएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *