ताजा समाचार

आजदेखि सबै तहका परीक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमणको दरमा तिब्रता आएसँगै कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

सीसीएमसीको बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए ।
उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी भएको निर्णय नै हो । देशभर तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज थप २८ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *