काठमाडाै । परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंदेखि शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरमै पक्राउ गरेको हो। यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो। बैशाख ३ गते १ बजेदेखि हुने फिजिक्सको परीक्षा अघि ११ बजे नै प्रश्नपत्र आउट भएको थियो।
मोरङ प्रहरीले नौ जनालाई घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ। ‘




