काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएको छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री इश्वर पोखरेललाई पनि भेट गर्नेछन् ।
उनी आइतबार साँझ नै फर्कने छन् । शुक्रबार मात्रै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । भारतीय प्रतिनिधिको भ्रमण लगत्तै चीनको रक्षामन्त्री नेपाल आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । पछिल्लो समय नेपालमा चीनको सक्रियता बढ्दो छ । भने भारतसँग सिमा तथा राजनिति लगाएतका विवादले सम्बन्ध तिक्ततापूर्ण रहेको छ ।




