काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई लक्षणसहितको कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल मार्फत आफूलाई बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनी अहिले सेल्फ आइशोलेशनमा छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने भन्दै सबैलाइ प्राथनामा सम्झिन सन्दीपले सामाजिक संजालमा लेखेका छन् ।




