ताजा समाचार

नेकपा सचिवालय बैठक पेरिसडाडामा शुरु, सुरक्षा व्यवस्था कडा

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाडामा भर्खरै सुरू भएको छ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा सचिवालय बैठक सुरू भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएपछि पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको नेकपा सचिवालय बेठक पेरिसडाडामा राखिएको हो । वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीको अधिकार दिएपछि दुवै अध्यक्षको सहमतिका आधारमा आजको बैठक राखिएको हो ।

बैठकमा सबै नेताहरु सहभागी भैसकेका छन् । आजको बैठकमा सरकारको कामकारवाहलिाई प्रभावकारी बनाउने विषयमा छलफल हुनुका साथै मन्त्रिपरिषद पुर्नगठनको बारेमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *