काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएकाे छ ।
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिबीच भएको वार्ताको विषय भने खुलाइएको छैन । नेकपाको सचिवालय बैठक सकिएपछि उनीहरुबीच भेटवार्ता सुरु भएको हो । उनीहरुबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा नियुक्ति गर्ने विषयमा छलफल भएकाे वालुवाटार निकट स्रोतले भन्यो ।




