ताजा समाचार

गायक निशान वैवाहिक बन्धनमा

काठमाडौं । पहिलो नेपाल आइडलमा दोस्रो बनेका गायक निशान भट्टराई बैवाहिक बन्धनमा बाधिएका छन् । आज कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।

निशान र ऋचाले काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका हुने । उनीहरुको विवाह बार एशोसियनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *