ताजा समाचार

‘छमछम काँचको चुरा’ बजारमा   

 गण्डकी ।  गायिका सावित्री गिरीको ‘छमछम काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ । दर्जनाैँ गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याएकी छन ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ रहेकाे छ । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोकोे वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गरिन । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताइन। चेलीका दुःखसुखलगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उनले बताइन ।

कलासाहित्यका संरक्षणबाट हाम्रा चालचलन र संस्कृतको पनि जगेर्ना हुने उल्लेख गर्दै उनले तीजका नाममा मौलिकता हराउने गरी भित्रिएका विकृति र विसङ्गति अन्त्य हुनुपर्ने धारणा राखिन। गायिका गिरीले आफूले छिट्टै तीज भाकाको कोरोना भाइरसको अर्को गीत पनि बजारमा ल्याउन लागेको जानकारी दिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *