ताजा समाचार

कुसुम भएपछि नाजिरलाई छैन पिर

काठमाडौं । विश्वका अन्य देश झैं नेपालमा पनि कोरोना भाइरस अर्थात् कोभिड–१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । दिनानुदिन नयाँ संक्रमित बिरामीको संख्या बढिरहेको छ । स्रष्टाहरुले कोरोनाबाट बच्नका लागि नयाँ सिर्जनाहरु दर्शक तथा श्रोतामाझ ल्याइरहेका छन् । तर यस मामलामा भने गायक सन्जीव पराजुली फरक देखिएका छन् । उनले कोरोनालाई नजोडिकन माया प्रेमको गीत ‘छैन मलाई पीर’ को भिडियो लिएर आएका छन् ।
डान्सिङ नम्बरको गीतमा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ ।
ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतमा कुसुमलाई मनमनै मनपराएर उनीसँग नाँचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसंग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सन्जीवसँग हुन्छ । भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।
भिडियो लिंक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *