काठमाडाैं । युरोपेली मुलुक अन्तर्गत एक शत्तिशाली राष्ट्र मानिने इटाली अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । इटालीमा ‘कोभिड–१९’ को संक्रमणबाट एकै दिनमा ९ सय १९ जनासम्मले ज्यान गमाएका छन् । यस तथ्याङ्कबाट भाईरस महामारीको कति आतंक छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । यसको गति अराजक र भयाभह छ ।
आर्थिक रुपले सम्पन्न राष्ट्र भएपनि इटालीलाई यस भारइसको संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ । इटालीले समयमै यस महामारीको आँकलन गर्न नसक्दा वर्तमान स्थितिमा सबैभन्दा बढी मानवीय क्षती व्यहोर्नु परिरहेकोे छ । २८ मार्चमा एकै दिनमा नै सय बढी मानिसको यस रोगका कारण ज्यान गएको थियो भने यसको केही दिन अघि ७ सय बढीको एकै दिनमा ज्यान लिएको थियो । यस भाइरसको महामारीले निम्त्याईरहेको मानवीय क्षतीको तथ्याङ्क तथा भयाभह र एकदमै डरलाग्दो छ । साथै, यसका कारण आउने अन्य आर्थिक, औधोगीक, सामाजिक, सांस्कृतीक लगायतको लेखाजोखा निकट भविश्यमै हुने नै छ ।
साउथ चाईना मर्निङ्ग पोष्टले लेखेको तथ्याङ्गक अनुसार नोबेल कोरोना कोभिड १९ चीनको वुहान प्रान्तबाट १७ नोभेम्बर २०१९ मा पहिलोपटक देखिएको हो । यस रोगका कारण हालसम्म करिव ३७ हजार ७ सय ८३ मासिहरुको ज्यान गईसकेको छ । भने, ७ लाख ८४ हजार ७ सय १५ जना संक्रमित भईसकेको तथ्याङ्कले देखाउँछ । जसमध्ये एक लाख ५१ हजार भन्दा बढी मानिसहरु निको भएका छन् ।यो तथ्यांक मैले आलेख तयार पार्दासम्मको हो । स्थिति यत्ति खराब भइसकेको छ कि हरेक सेकेन्डमा मृत्युको संख्या बढिरहेको छ । मन नलागे पनि एकाबिहानै हामी आज कति मरे भन्दै हेर्न हतारिएका हुन्छौं । त्यो रहर होइन बाध्यता होे । अझ नेपालको स्थिति जान्न चाहिरहेका हुन्छौं त्यो देशको चिन्ता र चासो हो ।
हालसम्म संक्रमित हुनेमा शक्तिराष्ट्रहरू अगाडी रहेका छन् । हाल अमेरीका संक्रमितको संख्या बढी हुने राष्ट्रमा पहिलो नम्वरमा छ भने केहीदिन अघिसम्म ईटाली, चीन र स्पेन लगायतका मूलुक थिए ।
यस महामारीका कारण विश्व नै थिलथिलाे स्थिीतिमा छ भने विश्व अर्थतन्त्र नै डामाडोल हुने संभावना बढ्दै गएको छ । यसमा कुनै दुविधा छैन् । नयाँ संक्रमित हुने तथा ज्यान गुमाउनेहरुकोे संख्या दिनप्रतिदिन थपिदै गईरहेका कारण मानिसहरु आतंकित छन् । प्रत्येक संक्रमित भएका र नभएका देशहरुले यस महामारी विरुद्ध लड्न आफ्नो ल्याकतले भ्याएसम्म कुनै पनि कसुर बाँकी राखेका छैनन् । देश, सहर लकडाउन देखि आवत जावतमा रोक, अन्तराष्ट्रिय उडानमा प्रतिवन्धदेखि बाहृय नागरिकलाई प्रवेश निषेध । त्यस्तै भिडभाड नियन्त्रणदेखि अस्पतालहरुको व्यवस्थापनलाई थप प्रभाकारी बनाउने । जनता कफ्यु सेल्फ क्वारेन्टाईन लगायतका विकल्पहरु अपनाईएका छन् ।
रोगलाई न त भौतिक सम्पन्नता, न त आर्थिक सम्पन्नताले नै रोक्दो रैछ । तसर्थ बुद्धिमता अपनाई संयमित र संवेदनशिल भई कुनै पनि काम र निर्णय गर्नुपर्ने रहेछ भन्ने ज्ञान यस महामारीले दिएको छ । यदि भौतिक र आर्थिक सम्पन्नताले हरेक समस्याहरुको निराकरण गर्न सकिन्थ्यो भने आज ईटाली र अमेरिकाजस्तो शक्तिशाली मुलुकमा सबैभन्दा बढी क्षति सायदै हुन्थ्यो ।
तसर्थ महामारी नियन्त्रण गर्न हामी कति संयमित र संवेदनशिल भएका छौ त ? सोचनिय छ । नेपालमा हालसम्म करिव हजार जनालाई मात्र कोभिड १९ को परिक्षण गरिएको वताईएको छ । सरकारी तथ्याङ्क अनुसार हालसम्म पाँच जनामा संक्रमण देखिसकेको छ । जसमध्ये एक जना स्वास्थ भईसकेको छ । भने, बाँकी चार जना उपचारत छन् । संक्रमित सबै जना बिदेशबाट आएका नेपाली नागरिक हुन् । यसरी हेर्ने हो भने त नेपालभित्र संक्रमित कोही भेटीएका छैनन । बाहीरी मुलुकवाट आएकाहरुका बाट यो संक्रमण नेपालमा पनि छिरेको हालसम्मको तथ्याङ्कले देखाउँछ ।
ढिलै भएपनि सरकारले विदेशबाट आएका नेपालीहरुलाई क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयको अटेरी गदै क्वारेन्टाईनमा बस्न नमाने वा अटेर गरे एक महिना कैद सजाय सम्म तोकेको छ । सरकारको यो कदम सरहानिय छ । निर्णय मात्र गरेर भएन यसलाई पालन गदै तत्काल काम अघि बढाइयोस् । र, चाडो भन्दा चाडो बाहिरी मुलुकबाट आएकाहरुको तथ्याङ्क निकाली निगरानीमा राखियोस् । यसको संक्रमण झट्टै नदेखिने भएकोले पनि संक्रमितहरुलाई समयमै निगरानीमा राख्न जरुरी छ । संक्रमणको आशैका गरिएका वा संम्वन्धी जोखिममा रहेकालाई क्वारेन्टाइनमा राख्न सकिएन भने यसले अझ भयावहको स्थिति सृजना नहोला भन्न सकिन्न ।
नेपाल सरकारले पनि यस महामारीलाई रोक्न हरप्रयासहरु गरिरहेको छ । चैत ११ गते देखि सुरु भएको लकडाउनलाई लम्बाइएर २५ गते सम्म पुर्याइएको छ । अन्तराष्ट्रिय उडान केही दिनका लागी बन्द गरिएको छ । भने, विदेशी नागरीलाई मुलुक छिर्न प्रतिवन्ध लगाएको छ । सिमानाकाहरु बन्द गरेको छ । क्वारेन्टीन हेम तथा आईसोलेसन वाड अर्थात विषेश अस्पतालहरु तयारी अवस्थामा राखिएको छ । जनतालाई सेल्फ क्वारेनटाईनमा वस्न तथा अत्यावश्यक काममा भन्दा बाहीर नजान निर्देशन पनि दिइएको छ ।
हुनत, देशको स्रोत, साधन र ल्याकत एवम् महामारीको अवस्थालाई विचार गरी सरकारले आवश्यक कदम चालीरहेको छ । तर के यतीले मात्र संक्रमणको अवस्थालाई संयमित राख्न सकिन्छ त ? वा संक्रमण नियन्त्रण गर्न सकिन्छ त ? भन्ने प्रश्नहरु उब्जन थालेका छन् । जनताको सरकारप्रतिको विश्वास पनि कम हुदै गएको जस्तो देखिन्छ ।
करिब ३ करोड जनसंख्या भएको हाम्रो मूलुकमा हालसम्म हजारको संख्यामा मात्र संक्रमणको जाँच हुनु, आवश्यक मेडीकल उपकरणहरु नहुनु, सरकारसंग विदेशबाट आएकाहरुको यकिन तथ्याङ्कक र निगरानी नहुनु, नाका बन्द भने पनि निरन्तर मुलुकभित्र छिरिरहेको अवस्था, कतिपय स्थानमा लकडाउन प्रभावकारी नहुनु, नाकाबाहीर सयौंको संख्यामा नेपालीहरु अलपत्र हुनु लगायतका स्थिती हेर्दा लाग्छ सरकारको कमि कमजोरीहरु प्रसस्त छन् ।
शक्तिशाली राष्ट्रहरुलाई समेत शिथिल बनाउँदै गएको यस महामरीलाई अब पनि सरकारले कमीकमजोरीलाई मध्यनजर नगरी आलटाल गरीरहेको देखिन्छ । सरकारले नजरअन्दाज गरेमा यसको परिणाम भयानक हुने पक्का छ । विषेश गरी बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राखी निगरानी गरीनुपर्ने प्रमुख आवश्यकता देखिएको छ । उनीहरुको छिटो भन्दा छिटो तथ्याङ्का लिई स्वास्थ जाँच गर्नेु पर्छ । किनकी हालसम्म संक्रमित विदेशबाट आएकाहरुमा मात्र देखिएको छ । त्यसै गरी आवश्यक उपकरणहरुको पर्याप्त व्यवस्था गरी उपचारका लागी सहज र सरल वातावरणको निमार्ण गरीदिन अत्यावश्यक छ । हालको जस्तो स्वास्थ्यकर्मीहरु सामान्य उपकरणको अभावको स्थिीतीलाई नजरअन्दाज नगरीयोस् ।
त्यसो त जनताबाट पनि आवश्यक शुरक्षा र संयमता अपनाउन जरुरी छ । संयमित कहीले हुने त हामि ? हाम्रा सामान्य अव्यहभारिकपनले अहिले साच्चै झन डर, त्रास, र विभिन्न शंका उपशंकालाई बढावा दिईरहेको छ । देश सुन्दर र शान्त सरकारकाे पहलले मात्रै बन्ने हैन यसका लागि प्रत्येक नागरीको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । हो नागरीकको भूमिक सरकारको जस्तो प्रत्यक्ष देखिदैन । तर, यसको मतलव यो हैन कि सरकारले मात्र सर्बेसर्वा गनु पर्ने । कुनै पनि मुलुकमा जनमत र जनचाहना भन्दा माथी र ठूलो कोही हुदैन् । विश्वलाईनै संकटमा पारेको यस महामारीको विरुद्धमा आफ्नो स्रोत, साधन, वल, बुद्धीले भ्याएसम्म आफ्नो आफ्नो ठाउँवाट संयमित भएर कार्य गरौं । व्यक्तिगत, पारिवारीक सामूहीक रुपमा निर्वाह गर्ने भूमिकालाई यस्तो संकटको समयमा कमजोर भने पक्कै बनाउन मिल्दैन् । प्रत्येक नागरीकको अर्थपूर्ण भूमिका अहिलेको महत्वपूर्ण आवश्यकता हो ।
अर्को तर्फ संचार माध्यमले पनि संयमिता अपनाउनु जरुरी छ । क्षणीक मनोरञ्जन वा सस्तो लोकप्रीयताका लागी हामीले विनापर्वाह वनाएका सामग्रीले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा त्रास फैलाउने काम त गरेको छैन ? अहिले आफ्नो साइटको भ्यूज सवस्क्राइबर बढाउने र टिरापी बढाउने उदेश्य राख्नु भन्दा पनि यो राष्ट्रिय आपतको घडिमा जनतालाई कसरी संयमित राख्ने, कसरी जागरुक बनाउने, त्रासरहित वाताबरण बनाउने र कोरोना भाइरससँग लड्ने क्षमता बृद्धि गर्ने लगाएतका सामाग्री प्रस्तुत गर्नु उचित हुनेछ ।
जनतालाई भयभित गर्ने तस्विर, शब्द, भिडियो तथा अडियो लगायतका सामाग्रीहरु बनाएर सशंकित बनाउने काम त गरिहेका छैनौ भन्ने कुरामा सबै संवेदनशिल हुन आवश्यक छ ।




