ताजा समाचार

अदुअआको पारदर्शिताबारे विधेयकमा उल्लेख गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कनाून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताए । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शीताबारे विधेयकले बोल्नुपर्ने जनाए । सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताए । सांसद ठगेन्द्र प्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *