काठमाडौं । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन सो गरी विश्व कीर्तिमान कायम गरेको छ । सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन सो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो ।
कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो । फेसन सो मा आठ नेपाली, एक फिनल्याण्ड, पाँच इटाली, एक श्रीलंका र एक सिङ्गापुरकी मोडलले सहभागिता जनाएको बताइएको छ ।




