फिचर

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार सुरु, तस्बिरहरू

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।

‘पुस पाके माघ खाए’ भन्ने प्रचलन अनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ ।