मनोरञ्जन

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

काठमाडौं। प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकिएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘शुभ विवाह’ को सुटिङ ४० दिनमै सकिएको हो । लामो समयपछि सुदर्शन थापा र प्रदीप खड्काबीच ‘शुभ विवाह’ मा सहकार्य भएको हो । ‘प्रेम गीत’ पछि सुदर्शनले प्रदीपसँग दोस्रो सहकार्य गरेका हुन् ।

पोखरामा पूजाअर्चनाबाट सुरु भएको छायांकन ४५ दिनको सेड्युल थियो, तर ४० दिनमै प्याकअप भएको छ । चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जनलगायतका कलाकारको अभिनय छ ।

‘शुभ विवाह’ को कथा प्रदीप श्रीवास्तव, पटकथा र संवाद रामशरण पाठक, संगीत अर्जुन पोखरेलको छ । ्र चलचित्रको रिलिज फागुन २१ गते हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *