एजेन्सी । बलिउडका परफेक्शनिस्ट आमिर खानले आज आफ्नो ५७ औं जन्मदिन मनाइरहेका छन् । आमिरले धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् तर उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो सम्बन्धविच्छेदको बारेमा कुरा गरेका छन् । सम्बन्धविच्छेदको खबर आएपछि सामाजिक सञ्जालमा आमिर कसैसँग सम्बन्धमा रहेको हल्ला चल्न थाल्यो । जसका कारण उनले किरण रावसँग डिभोर्स लिएकोबारे चर्चा चल्यो ।
जब आमिरलाई सोधिएको थियो कि किरणसँग उनको सम्बन्ध विच्छेदको कारण उनी नयाँ सम्बन्धमा थिए रु आमिरले भने कि त्यतिबेला कुनै पनि थिएन र अहिले पनि छैन। आमिर र किरण राव १५ वर्षसँगै बसेपछि गत वर्ष अलग भएका थिए ।
आमिरले रीना दत्तसँग डिभोर्सको विषयमा पनि कुरा गरे र किरणकै कारणले रीना दत्तसँग सम्बन्धविच्छेद नभएको बताए । रीनासँग अलग हुँदा उनको जीवनमा कोही थिएन । साथै उनले किरणलाई आफूले पहिलेदेखि नै चिनेको तर रीनासँग सम्बन्धविच्छेद भएको लामो समयपछि दुवै जना साथी बनेको बताए ।
डिभोर्सबारे आमिरले भने, ‘हामी एकअर्कालाई परिवारको सदस्य मान्छौं । चाहे किरण जी होस वा उनका आमा–बुबा अथवा उनका भाई । उनको बहिनी र मेरो परिवार हामी सबै परिवार हौं । पती–पत्नीको रुपमा हाम्रो सम्बन्ध बद्लिएन । हामी विवाह जस्तो पवित्र बन्धनलाई सम्मान दिन चाहन्थ्यौं । हामी एकअर्काको हात समाएर अघि बढ्ने छौं । हामी सँगै काम गरिरहेका छौं । हामीहरुले पानी फाउण्डेशनलाई पनि सहयोग गरिरहेका छौं । उनी म बस्ने भवनकै माथिल्लो तलामा बस्छिन् ।’
‘हामी सुखी परिवार जस्तै बाँचिरहेका छौं’
जुलाई २०२१ मा, आमिर र किरणले संयुक्त वक्तव्यमा भनेका थिए, ‘यी १५ सुन्दर वर्षहरूमा सँगै हामीले जीवनभरका अनुभव, आनन्द र हाँसो साझा गरेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ।
अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं। अब हामी यहाँ श्रीमान्(श्रीमतीको रूपमा होइन, तर सह-अभिभावक र परिवारको रूपमा छौं। हामी केही समयदेखि अलग्गै बस्दै आएका थियौं र छुट्टै बस्दा पनि सुखी परिवारको रुपमा बसेका छौं ।’
फातिमा सना शेखसँग जोडिएको नाम
आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेदेखि नै अभिनेताको नाम प्रायः फातिमा सना शेखसँग जोडिएको छ। तर, शेखले यी खबरलाई अस्वीकार गरेकी छन् । अभिनेत्रीले धेरै पटक प्रयोगकर्ताहरूमाथि आफ्नो रिस पोखेकी छिन् र भनिन्, ‘मानिसहरूले उनलाई अनावश्यक रूपमा टार्गेट गरिरहेका छन्, जबकि उनको आमिरको व्यक्तिगत जीवनसँग कुनै सरोकार छैन। तर मानिसहरूले उनीहरूमाथि आक्रमण गर्ने कुनै मौका छोड्दैनन्।’
फातिमा आमिर खानसँग फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दोस्तान’मा देखिएकी थिइन् ।




