काठमाडौं । अभिनेत्री केकी अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत केकीले तीन दिनमै आफ्नो रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएकी छन् ।
रिपोर्ट नेगेटिभ आए पनि आफू केही दिनसम्म आइसोलेटमै बस्ने उनको भनाइ छ । उनले दुई दिन लगातार ज्वरो र रुघाखोकी आएको उल्लेख गर्दै सबैलाई सतर्कता अपनाउन उनले सल्लाह दिएकी छन् । उनले लेखेकी छन्– केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो।
चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु। यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेजको प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।’