मनोरञ्जन

क्रिशल कँडेल र एलिना चौहानको“लगन जुरेर” म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गीतकार गणेश उप्रेतीको शब्द “लगन जुरेर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक क्रिशल कँडेल र गायिका एलिना चौहानको स्वर रहेको गीत “लगन जुरेर” एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।
यस गीतमा गीतकार गणेश उप्रेतीको शब्द रहेको छ भने सगींत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन । म्युजिक भिडियोमा गायक क्रिशल कँडेल र गायिका एलिना चौहान, गीतकार गणेश उप्रेती र कलाकार खेम बा का जोडदार अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन शक्ति प्रजोल घिमिरेले गरेको छ भने कोरियोग्राफरमा प्रबिन थापा हुनहुन्छ भने म्युजिक भिडियोको छायाँङकन नमराज घिमिरेले गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *