मुख्य समाचार

आइतबार हुने भनिएको त्रिवि उपप्राध्यापकको परीक्षा स्थगित

काठमाडौं । भोलिदेखि सञ्चालन हुने भनिएको उपप्राध्यापक पदको परीक्षा स्थगित भएको छ ।

त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरेको हो ।

आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा गर्न नसकिएको आयोगले जनाएको छ ।

चैत ८ गतेदेखि २३ गतेसम्म हुने परीक्षालाई भने यथावत राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *