काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ। उनलाई कोरोना संक्रमण भएपछि काठमाडौंको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको छ। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएकोसमेत जनाएको छ। खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ।




