काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ४ सय ८९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९७ रहेको छ ।




