देश

दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं जेलबाट छुटेपछि पहिलोपटक सार्वजनिक रुपमा उपस्थित भई राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले आफू सफल व्यवसायी भए पनि देशको वर्तमान अवस्था र जनताको कठिनाइ देखेर राजनीतिमा सक्रिय हुने निर्णय गरेको बताए। उनले भने, “देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न सकिन। मेरा लागि परिवारभन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बनेका छन्।”

प्रसाईंले आफ्नो नयाँ दल राष्ट्रिय स्वाभिमान, सुशासन, स्थिर शासन, रोजगारी र नागरिक सुरक्षाका लागि सक्रिय हुने बताए। उनले यस अभियानमा आफू मात्र नभई अन्य साथीहरू समेत सहभागी हुने बताए।

उनले थपे, “म र हाम्रो टोली मुलुक र नागरिकको रक्षाका लागि, धर्म, संस्कृति र राष्ट्रियता जोगाउने उद्देश्यका साथ राजनीतिमा सक्रिय हुनेछौं। यसै सन्दर्भमा नयाँ राजनीतिक दल खोल्ने निर्णय लिएका छौं।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *