देश

राजेन्द्र महतोको नेतृत्वमा ५९ सदस्यीय राजनीतिक समिति गठन

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा ५९ सदस्यीय राजनीतिक समिति गठन गरेको छ। चार महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीले केन्द्रीय बैठकको निर्णयअनुसार समितिको घोषणा गरेको हो।

पार्टीका नेता सन्तोष मेहताका अनुसार, फागुन १२–१३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अन्तरिम विधानले व्यवस्था गरेअनुसार, राजनीतिक समितिले समसामयिक विषयमा नीतिगत निर्णय लिनेछ र आवश्यक परेमा केन्द्रीय कार्यसमितिको कार्यसम्पादन पनि यही समितिले गर्नेछ।

समितिको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, इस्लाम हवारी, राजीव झा, सन्तोष मेहता, अनिल महासेठलगायत रहेका छन् । पार्टीको विद्यानअनुसार अधिकतम १५१ सदस्यीय समिति गठन गर्न सकिनेछ ।

1

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *