देश

सार्वजनिक लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेल पक्राउ

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो । एमबीबीएस परीक्षा पास गराई दिने भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।

उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *