काठमाडौं । कोटेश्वर व्यवसायी संघले १२ र १३ पुसमा तीनकुने चौरमा कोटेश्वर महोत्सव आयोजना गर्ने घाषणा गर्दै महोत्सवमा प्रमुख अतिथिका रूपमा संघले मेयर बालेनलाई निमन्त्रणा पठाएपछि जताजतै टाँसिएका बालेन शाहको फोटो चौतर्फी आलोचनापछि हटाइएको छ । सामाजिक सञ्जालमा कोटेश्वर क्षेत्रको सडकका पोलमा मेयर बालेन शाहको फोटो राखिएको पोस्टरको आलोचना सामाजिक संजाल प्रयोगकर्ताहरुले गरेपछि हटाइएको स्रोतले जनाएको छ ।
उक्त महोत्सवमा बालेनको फोटो राखेर महोत्सव टिमले पाहुनाहरुलाई तान्ने फन्डा निकालेपछि मेयर बालेनले आफूमाथि आलोचना भएको भन्दै हटाउन निर्देशन दिएका थिए । त्यसपछि जताततै टांसिएको मेयर बालेनको फोटो हटाइएको हो । मेयर बालेनको विनाअनुमति उक्त फोटो टाँसेर आलोचना खेप्न बाध्य बनाएको भन्दै हटाउन मेयर बालेन निर्देशन दिएको स्रोतले जनाएको छ । मेयर बालेनले महोत्सवमा आउने बताएपछि व्यवसायी संघले मेयरको फोटो राखेर महोत्सवको प्रचार गरेको थियो ।
महोत्सव आयोजक कोटेश्वर व्यवसायी संघका महासचिव अर्जुन बस्नेतले भने “हामीले पहिलोपटक गर्न लागेको महोत्सवमा मेयरज्यूले आउँछु भनेपछि हामीले खुसी भएर महोत्सवको प्रचार गर्न उनको फोटो राखेका हौँ ।” उनका अनुसार, संघले ९ पुसको बिहानपख कोटेश्वर क्षेत्रको सडकका पोलमा मेयर बालेनको फोटोसहितको पोस्टर राखेको थियो । तर बालेन फोन फोन पुगेपछि उक्त फोटो हटाइएको हो।
महोत्सव आयोजक कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरखबहादुर थापा पनि आफूहरूले राम्रो उद्देश्यका लागि मेयरको फोटो राखेको बताए । सडकका पोलबाट बालेनको फोटो रखिएको पोस्टर हटाए पनि बालेनको फोटो राखिएको डिजिटल पोस्टर भने समाजिक सञ्जालभरि जताततै सार्वजनिक गरेका छन् । अब सामाजिक संजालमा सार्वजनिक गरिएका ती तस्विरहरु हटाउन उनका समर्थकहरुलाई बालेनले फेसबुकमा स्टाटस लेख्छन् कि लेख्दैन् ? मेयरको फोटो राखेर प्रचार गरिएपछि तुरुन्तै ती प्रचार सामग्री हटाउन लगाइएको बालेनको सचिवालयले जनाएको छ ।




