काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरूद्व राहदानी दुरूपयोगमा मुद्वा नचल्ने निर्णय गरेपछि युवराज सफलले निर्णय बदर गर्दै मुद्वा दायर गर्न माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।




