काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनको राजदूत नियुक्त गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्रा.डा कृष्णप्रसाद ओलीलाई राजदूत नियुक्त गरेका हुन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन १४ गते विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो।




