देश

प्रहरी हवल्दार नै अपराधिक क्रियाकलापमा लागेपछि कसरी हुन्छ देशमा अपराध नियन्त्रण ?

काठमाडौं । पछिल्लो समय अपराध नियन्त्रमा लागेका व्यक्ती नै अपराधिक क्रियाकलापमा लाग्न थालेका छन् । सरकारले प्रहरी प्रशासनलाई देशमा भइरहेका हरेक किसिमका घटनाहरु अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने जिम्मेवारी दिएको हुन्छ । तर अहिले अपराध नियन्त्रणमा लागेका मुख्यका निकायका केही मानिसहरु नै अपराधिक क्रियाकलापमा लाग्न थालेका छन् । भक्तपुरमा एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाटको घटनमा प्रहरी हवल्दारको समेत नाम जोडिएइको छ ।

असार ४ गते भक्तपुरबाट ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाट भएको थियो । उक्त घटनाको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त अपराधिक क्रियाकलापमा संलग्न प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेका थिए । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी गराउनेछ ।

यस अघि पनि त्यस्तै अपराधिक क्रियाकलापमा पूर्वडिएसपीको नाम जोडिएको थियो । साठी किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर रकम ठगी गर्ने अर्घाखाँचीका ६३ वर्षीय केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रूपन्देहीका ४३ वर्षीय झविन्द्र खत्री नक्कली काम गर्दा प्रहरीको असली फन्दामा परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अवैध सुन तस्करीको रकम भुक्तानी गरेको आरोपमा पक्राउ परेका पेवेल नेपाल प्रालिका कर्मचारीमाथिको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर उनीहरूले साढे आठ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले निष्कर्ष निकालेको थियो । अहिले पक्राउ भएकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जारी रखेको छ ।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *