काठमाडौं। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ।
सोमबार उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपाश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपाश्यना साधक कुबेरसिंह राना सहित गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हाे ।
अहिले नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागार छन्। नेपाल विपाश्यना केन्द्रका धर्मसेवक सुशील शाहले केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने जानकारी दिए । उनका अनुसार व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाको समुहले योगाभ्यास गर्न सक्नेछन्




