देश

थप ३ जिल्लामा निस्कियो सेनाको बख्तरबन्द

काठमाडौं । गत माघ १९ गते राती नियमित अभ्यासको नाममा निस्केको नेपाली सेनाको बख्तरबन्द गाडी आज विहीबार थप तीन जिल्लामा पनि देखियो । बुटवल, चितवन र कैलालीमा आज नेपाली सेनाले नियमित अभ्यासका नाममा बख्तरबन्द सडकमा निकालेको थियो ।

सेनाले नियमित अभ्यासअन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ । त्यस्तै, नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म बख्तरबन्द गाडीहरु साइरन बजाउँदै आएपछि स्थानीयले चासो देखाएका थिए ।

लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास गरेको थिएन । राजनीतिमा आएको परिवर्तनसँगै देशभर सेनाले गरेको अभ्यासलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *