देश

सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित भएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहाका डा विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *