काठमाडौं । २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन । ९ हजार १सय ६५ जनाको पीसीआर परिक्षण गर्दा १०३९ जनामा कोरोना पुष्टि भएको हो । आज ३६५ जना पुरुष र ६७४ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर बुधबार ११७३ जना घर पर्किएका छन । अहिलेसम्म ३८ हजार ६ सय ९७ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७१.५ प्रतिशत छ ।
१७ हजार १ सय १७ सक्रिय संक्रमित मध्ये ७ हाजार ७ सय ३० होम आईसोलेशनमा ७ हजार ३ सय ७८ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ संक्रमित छन ।
नेपालमा पीसीआर विधिबाट ८ लाख ४० हजार ५२६ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ गरी ४९७ संक्रमित थपिएका छन ।
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सर्लाही र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।
आईसीयुमा १६९ र भेन्टिलेटमा २३ जना संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा ९ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये ३ महिला र ६ पुरुष छन । नेपालमा कोरोना संक्रमणबा ३४५ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६४ प्रतिशत छ ।




