अर्थ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *